बाढीपीडितका लागि कांग्रेसको १ करोड सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २२, २०८३
|
|
४३९ पटक हेरिएको
Shares
बाढीपीडितका लागि कांग्रेसको १ करोड सहयोग

सारांश

  • नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
  • कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।
  • टोलीमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

काठमाडौं । नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। टोलीमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

केही दिनअघि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण सयौं परिवार प्रभावित भएका छन् भने घर, सडक र अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।

 

रकम हस्तान्तरणपछि महामन्त्री पौडेलले विपद्को घडीमा कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको बताएका छन्। पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्य सेवा र सुरक्षित आवास व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले सरकारलाई रकम उपलब्ध गराइएको उनको भनाइ छ।

उनले बाढीपहिरोपछि विभिन्न स्थान, विशेषगरी सुरुङमार्ग आसपास फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए।

‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा देखिएको ढिलासुस्ती तत्काल अन्त्य गरी उद्धारलाई तीव्रता दिन सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने।

उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन माग गरे। राहत वितरणलाई पारदर्शी बनाउन र विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन पनि उनले सरकारलाई सुझाव दिएका छन्।

महामन्त्री पौडेलले बेपत्ता व्यक्तिको खोजी, विस्थापितको दीर्घकालीन पुनर्स्थापना तथा विपद् व्यवस्थापनका अन्य काममा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

#rasuwa #flood #nepalicongress

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?