सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कतारी राजा थानी आज ५ बजे नेपाल आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
९८ पटक हेरिएको
Shares
कतारी राजा थानी आज ५ बजे नेपाल आउँदै

सारांश

  • कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ।
  • दुईवटा विशेष विमानमा आधा दर्जनभन्दा बढी मन्त्रीहरूसहित उहाँ आज साँझ ५ बजेर ३५ मिनेटमा विशेष विमानबाट काठमाडौं अवतरण गर्नुहुने भएको छ।
  • परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम तय भएकोे छ।


११ वैशाख, काठमाडौं । कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ।

दुईवटा विशेष विमानमा आधा दर्जनभन्दा बढी मन्त्रीहरूसहित उहाँ आज साँझ ५ बजेर ३५ मिनेटमा विशेष विमानबाट काठमाडौं अवतरण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम तय भएकोे छ। कतारी राजा थानीको भ्रमणमा युवा तथा खेलकुदको क्षेत्रमा आपसी सहयोग आदानप्रदानसम्बन्धी समजदारीपत्रका साथै विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको हो। तर, नेपाल र कतारबीचको श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको तयारी भने यो भ्रमणमा पूरा नहुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालले श्रम सम्झौताको पुनरावलोकन हुने सम्भावना कम रहेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले हाम्रो तर्फबाट लेखेर परराष्ट्र मन्त्रालयलाई पठाएका थियौं । परराष्ट्रले पनि नेपालस्थित कतारी दूतावासमार्फत् पत्राचार गएको छ । तथापि, त्यसको सकारात्मक जवाफ आइसकेको छैन ।’

नेपालले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुनरावलोकन गर्ने प्रयास लामो सयमदेखि गरेको भए पनि त्यसमा सफलता पाउन सकेको छैन।नेपालको इतिहासमै पहिलोपटक कतारका राजाबाट नेपाल भ्रमण हुन लागेको हो। उहाँको भ्रमणको सम्मानमा नेपाल सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

राजा थानीको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ। सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार बलाधिकृत रथी अशोकराज सिग्देलले एकीकृत सुरक्षा समन्वय समितिको संयोजन गर्नुहुने भएको छ। उक्त समितिअन्र्तगत विभिन्न उपसमिति समेत बनेको छ। ती उपसमितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सामेल रहनुभएको छ ।

राजा थानीको सुरक्षा प्रबन्धका लागि कतारबाट एक हप्ता अघि नै उहाँका सुरक्षाकर्मीहरू नेपाल आइसकेका छन्। सो टोलीले राजा थानीले भ्रमण गर्ने रुट, बस्ने होटल, भेटघाट गर्दा अपनाउनुपर्ने मर्यादा र बस्ने होटलको बारेमा समेत जानकारी लिएको छ। राजा थानीका लागि कतारबाट नै विशेष कार नेपाल ल्याइएको छ ।

आज दुईवटा विशेष विमानसँगै राजा थानीको आगमन हुने भएको सुरक्षास्रोतले जानकारी दिएको छ। राजा थानीको सुरक्षाका लागि चारवटै सुरक्षा निकायका ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने भएको छ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजा शेख तमिम विन हमद अल थानीको सम्मानमा रात्री भोजको आयोजना गर्नुहुने भएको छ। बुधबार नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। सोही दिन साँझ राजा थानी कतार फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप
कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो