बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

सारांश

  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
  • उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
  • विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

८ भदौ, हेटौंडा ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री थापाकाे आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितकाे निर्देशन सहित विश्वासकाे मतकाे पक्षमा मतदान गर्न ह्विप लगाएकाे छ । सरकारलाई समर्थन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद कायमै छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन गरेकी छन् । तर, राप्रपामा सरकारलाई समर्थन गरेकाे पक्ष अर्थात खानेपानी मन्त्री राजु विष्टले भने तामाङलाई सरकार गठन हुनुभन्दा अगाडि नै सचेतकबाट हटाएकाे बताएका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएका हुन् ।

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत ४ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएको थियाे ।राप्रपाले पार्टी केन्द्रको निर्णय विपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ ।सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।राप्रपाका १२ प्रदेश सभा सदस्य विश्वासको मतका क्रममा हुने उपस्थिति र मतदानको निर्णय अहिले सबैभन्दा चासोको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही