जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ६, २०८३
|
|
४९ पटक हेरिएको
Shares
जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर

सारांश

  • जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्न सुरु भएको छ ।
  • पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु भएको हो ।
  •   जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाएको छ ।

 

६ भदौ, जनकपुरधाम ।

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्न सुरु भएको छ । पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाएको छ । आजै जनकपुरको सात वटा पोखरीको अतिक्रमण हटाइने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए । उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो ।

पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमण मुक्त गराइने उनले बताए । पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजनासहित गरी वर्गीकरण गरिएको उनको भनाइ छ । अतिक्रमण हटाउन२०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?