महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
२६८ पटक हेरिएको
Shares
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च

सारांश

  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
  • पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मीन विश्वकर्माले बताए।
  • दुवै नेताहरूको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्।

५ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मीन विश्वकर्माले बताए। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्।

उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ। असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ
सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने