सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
७७ पटक हेरिएको
Shares
सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु

सारांश

  • सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरिया कुमारी रहेकी छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज१त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो।

५ भदौ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरिया कुमारी रहेकी छन्।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज१त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको उक्त ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, बिहान १०:२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


दुर्घटनामा संलग्न ट्याक्टर र चालक गोडैता नगरपालिका–११ निवासी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँग सवारीसम्बन्धी आवश्यक कागजात नरहेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?