रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्।
- बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
- बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
३ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। संसद्मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएको तथा उनीहरू गयल हुन थालेपछि सभापति रवि सक्रिय भएका हुन्।

‘सभापतिले नै अग्रसरता लिएर बैठक राख्नुभएको हो’, रास्वपाका पदाधिकारीसमेत रहेका एक सांसदले बुधबार बिहान नेपालखबरसँग भने, ‘संससमा हाम्रो प्रस्तुति, उपस्थितिका विषयमा केही निर्देशन दिनुहुन्छ।’ खासमा संसदीय दलको बैठक राख्ने काम रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह (बालेन) को हो। तर उनी प्रधानमन्त्री छन्। उनी अहिलेसम्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएका छन्। यो बैठकमा पनि उनी उपस्थित हुने सम्भावना नभएको रास्वपा नेताहरू बताउँछन्।

प्रतिक्रिया