बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
७१ पटक हेरिएको
Shares
बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए

सारांश

  • भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान दर्शनका लागि लागेको भीडमा भागदौडजस्तै अवस्था सिर्जना हुँदा सात महिलाको मृत्यु भएको छ ।
  • घटनामा अन्य पाँचदेखि छ जना घाइते भएका छन् ।
  • लखीसरायका सब–डिभिजनल प्रहरी अधिकृत (एसडीपीओ) शिवम कुमारका अनुसार मन्दिर परिसरमा अत्यधिक भीडका कारण उक्त घटना भएको हो ।

१ भदौ बिहार ।

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान दर्शनका लागि लागेको भीडमा भागदौडजस्तै अवस्था सिर्जना हुँदा सात महिलाको मृत्यु भएको छ । घटनामा अन्य पाँचदेखि छ जना घाइते भएका छन् । लखीसरायका सब–डिभिजनल प्रहरी अधिकृत (एसडीपीओ) शिवम कुमारका अनुसार मन्दिर परिसरमा अत्यधिक भीडका कारण उक्त घटना भएको हो । घाइतेहरूको जिल्ला सदर अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासनका अनुसार मृत्यु हुने सबै सात जना महिला हुन् ।

लखीसरायका प्रमुख जिल्ला अधिकारी शैलेन्द्र कुमारले पत्रकारहरूसँग कुरा गर्दै अशोकधाम हल्ट रेल्वे स्टेशनदेखि मन्दिरसम्म दर्शनार्थीको लामो लाइन लागेको बताए । उनका अनुसार सोही समयमा स्टेशनमा दुई वटा रेल आइपुगेपछि भीड थप बढेको थियो । त्यसबीच विद्युत्को खम्बा ढलेको हल्ला फैलिएको थियो । यद्यपि खम्बा नभई केवल विद्युत् तार चुँडिएको थियो। हल्लापछि महिलाहरूको लाइनमा एक्कासि चाप बढ्दा उनीहरू एकअर्कामाथि खस्न पुगेका थिए । घटनापछि प्रशासनिक तथा सुरक्षा अधिकारीहरू तत्काल घटनास्थल पुगेका थिए । उनीहरूले उद्धार कार्य सञ्चालन गर्नुका साथै भीड व्यवस्थापनमा ध्यान केन्द्रित गरेका छन् । स्थानीय प्रशासनले अवस्थामाथि निरन्तर निगरानी राखिएको जनाएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार एक प्रत्यक्षदर्शी महिलाले अत्यधिक भीडका कारण आफूहरूमाथि मानिसहरू खस्दै गएको बताएकी छन् । उनका अनुसार करिब २० देखि २५ जना महिला एकअर्कामाथि खसेका थिए र भीडको चापमा परेर धेरै जना बेहोस भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ