फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
९० पटक हेरिएको
Shares
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

सारांश

  • अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
  • फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
  • रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो ।

२७ साउन, काठमाडौं ।

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।

रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको निधन मेस्सीका लागि व्यक्तिगत रूपमा ठूलो क्षति मानिएको छ, किनभने उनले छोराको फुटबल करिअर निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले क्लबमा कहिले फर्किने भन्नेबारे कुनै मिति सार्वजनिक गरेका छैनन् । यसले उनी अहिले पूर्ण रूपमा परिवार र व्यक्तिगत परिस्थितिमा केन्द्रित रहेको संकेत गरेको छ ।

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनका एजेन्ट र रणनीतिक सल्लाहकारका रूपमा पनि परिचित थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको फुटबल करिअर व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । मेस्सीको प्रारम्भिक फुटबल यात्रा न्यूवेल्स ओल्ड ब्वाइजबाट अघि बढ्दा पनि जर्ज मेस्सी सक्रिय रूपमा संलग्न थिए । मेस्सी १३ वर्षको हुँदा स्पेनको बार्सिलोनाको युवा एकेडेमीमा प्रवेश गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेला मेस्सी ग्रोथ हर्मोन डिफिसियन्सी (वृद्धि हर्मोनको कमी) सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको उपचार खर्चसमेत बेहोरेको थियो, जसले उनको खेल जीवनलाई नयाँ दिशा दिएको मानिन्छ । जर्ज मेस्सीको परिवारमा पत्नी सेलिया कुचिट्टिनी तथा सन्तानहरू लियोनल, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा