गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती

सारांश

  •   सहसचिव प्रमुख जिल्ला अधिकारी रहेका पहाडका ९ जिल्लामा फेरि उपसचिवलाई नै पठाइने भएको छ।
  • गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मा यसअघि सहसचिव भएका १० वटा कार्यालयमा उपसचिव खटाउने र सहसचिवको नेतृत्व रहने गरी लागु औषध नियन्त्रण विभाग गठन गर्ने गरी नयाँ दरबन्दी कायम भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
  • सहसचिव काफ्लेका अनुसार अब भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा उपसचिव खटाइने भएको हो।

२७ साउन, काठमाडौं । 

सहसचिव प्रमुख जिल्ला अधिकारी रहेका पहाडका ९ जिल्लामा फेरि उपसचिवलाई नै पठाइने भएको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मा यसअघि सहसचिव भएका १० वटा कार्यालयमा उपसचिव खटाउने र सहसचिवको नेतृत्व रहने गरी लागु औषध नियन्त्रण विभाग गठन गर्ने गरी नयाँ दरबन्दी कायम भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

सहसचिव काफ्लेका अनुसार अब भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा उपसचिव खटाइने भएको हो। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि उपसचिव खटाइने छ। पहिले पनि यी जिल्लामा उपसचिव नै खटाइएको थियो। तर बिचमा सहसचिव खटाउने निर्णय भएको थियो।  अब ७७ मध्ये ५२ जिल्लामा मात्रै सहसचिव प्रमुख जिल्ला अधिकारी रहनेछन्। यो बिचमा हिमाली र केही पहाडी जिल्लामा पनि उपसचिव नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। उनीहरुको दरबन्दी यथावत राखिएको छ।

यस्तै गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना हुने भएको छ। यो नयाँ विभागको नेतृत्व भने सहसचिवले गर्नेछन्। यसअघि मन्त्रालयमा शाखाका रुपमा मात्रै थियो। यो शाखासहित विभूषण र शान्ति प्रवर्द्धन शाखा भने हटाइएको छ। मन्त्रालय अन्तर्गत ६ जना उपसचिवको दरबन्दी थप गरिएको छ। यसअघि शाखा अधिकृतले हेर्दै आएका कतिपय कार्यालयमा अब उपसचिवको दरबन्दी कायम गरिएको छ।  स्याङजाको वालिङ र महोत्तरीको बर्दिबास ईलाका प्रशासन कार्यालयमा अब उपसचिव रहनेछन्।  चार वटा कारागारमा पनि उपसचिवको दरबन्दी कायम गरिएको छ। अब झापा, मोरङ, कास्की र बाँकेको कारागार प्रमुखमा उपसचिव रहनेछन्। ४६ शाखा अधिकृत पनि नयाँ ओएन्डएममा थप गरिएको प्रवक्ता काफ्लेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु
बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई