सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१२१३ पटक हेरिएको
Shares
सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ

सारांश

  • अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ गणेशियाका अभिनय राय र अभिनन्दन रायलाई नियन्त्रणमा लिइएको हो।
  • प्रहरीले उनीहरूसँग सोधपुछ गर्दा अनुमति बिना डीएपी मल प्रतिवोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको खुलेको जनाएको छ।

२० साउन, सर्लाही।

अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ गणेशियाका अभिनय राय र अभिनन्दन रायलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूसँग सोधपुछ गर्दा अनुमति बिना डीएपी मल प्रतिवोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको खुलेको जनाएको छ। पसलमा गरिएको खानतलासीका क्रममा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवैले उक्त मल मलङ्गवा–४ शिवसागर चोकस्थित एक पसलबाट प्रतिवोरा ३ हजार २ सय रुपैयाँमा खरिद गरी बिक्री गरिरहेको बयान दिएका थिए।

त्यसपछि प्रहरीले शिवसागर चोकस्थित पसलका सञ्चालक मलङ्गवा–३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको छ। गुप्ताको पसलबाट सात बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड