रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
सारांश
- रुसले मंगलबार अबेर राति युक्रेनको राजधानी किभमा भीषण हवाई हमला गरेको छ।
- युक्रेनी अधिकारीहरूले रुसले धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन्।
- बीबीसीका अनुसार युक्रेनको सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले फेरि एकपटक किभमा ठुलो आक्रमण गरिरहेको छ।
२० साउन, युक्रेन।
रुसले मंगलबार अबेर राति युक्रेनको राजधानी किभमा भीषण हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूले रुसले धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार युक्रेनको सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले फेरि एकपटक किभमा ठुलो आक्रमण गरिरहेको छ।’ मंगलबार राति सहरभित्र र बाहिर धेरैवटा क्षेप्यास्त्र खसेको बताइएको छ।

तकाचेन्कोले बोरिसपिल जिल्लामा नौ जना, बुचा जिल्लामा चार जना र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा २२ जना घाइते भएका छन्। युक्रेनी सेनाले रुसले जानाजानी नागरिक र आवासीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ। रुसले भने आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया