बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

सारांश

  • बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
  • केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो ।
  • राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ ।

 

२० साउन, काठमाडौं ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् ।

त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा अधिकतम आह्वान गरिएको ८५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ । सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ९० दिने निक्षेप संकलन उपकरण हुनेछ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले राखेको रकमको साँवा र ब्याज आगामी कात्तिक १९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि उच्च हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ । अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर दबाबमा पर्न थालेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।केन्द्रीय बैंकले बजारमा आवश्यकभन्दा बढी रहेको तरलता खिचेर ब्याजदर स्थिर राख्ने तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो उपकरण प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी बास्केटबलको उपाधि सुनसरीलाई
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
भारतीय वायुसेनाको विमान दु*र्घटना
भारतीय वायुसेनाको विमान दु*र्घटना