Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१९७ पटक हेरिएको
Shares
नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

सारांश

  • नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
  • संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ ।

 

काठमाडौं ।

नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासका कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । त्यस्तै, १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप तथा ११औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग काठमाडौंमा आयोजना गरिनेछ ।

यसैगरी, सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, ईभीएल महिला फ्रेन्चाइज लिग र एनभीएल पुरुष भलिबल लिग पनि कार्यक्रम तालिकामा समावेश छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २०औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबल जापानमा हुनेछ । काभा बीच भलिबल टुर भुटानमा सेप्टेम्बरमा आयोजना हुनेछ भने काभा महिला च्याम्पियन्स लिग काठमाडौंमा नोभेम्बर १ देखि ७ सम्म सञ्चालन हुने तय गरिएको छ । यसैगरी काभा बीच भलिबल टुर माल्दिभसमा समेत हुनेछ ।

त्यसैगरी, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा यू–१६ भलिबल च्याम्पियनसिप, काभा च्यालेन्ज कप (पुरुष), यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, मैत्रीपूर्ण महिला तथा पुरुष खेल र थ्री नेसन्स कप समेत वार्षिक कार्यक्रमअन्तर्गत समावेश गरिएको छ । केही कार्यक्रमको स्थान तथा मिति भने पछि तय गरिने संघले जनाएको छ । नेपाल भलिबल संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमले राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय सहभागिता, खेलाडी विकास तथा प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]