राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
- बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
- बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१÷८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
काठमाडौं ।
राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१÷८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया