५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव
सारांश
- नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ।
- अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।
- घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ।
१७ साउन, काठमाडौं ।
नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।

घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ। तर, ती शवहरूको पहिचान खुल्न भने बाँकी छ। उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसँग ल्याउने तयारी गरेका छन्। ‘उद्धार तथा शव संकलन गर्ने काम एकदमै जटिल भौगोलिक अवस्थाका कारण अप्ठ्यारो परिरहेको छ। हामी सबैलाई आधिकारिक सूचनाका लागि धैर्य गर्न पुन: अनुरोध गर्दछौँ’, अल्पाइन क्लब अफ पाकिस्तानले भनेको छ।


प्रतिक्रिया