ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
४०८ पटक हेरिएको
Shares
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सारांश

  • सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् ।
  • उनले हिजो सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

१२ साउन, सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् । उनले हिजो सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल परिवारका सदस्यलाई खबर गरेकी थिइन् । त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए ।
घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको थियो । हाल रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले आरोपित बसन्ता बैठा धोबीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
“श्रीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार र पक्राउको काम गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी गौतमले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा