९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
७९ पटक हेरिएको
Shares
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन

सारांश

  • सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै पीडित लेनदेन संघर्ष समिति सर्लाहीले हिजो सोमबार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
  • समितिले विभिन्न ६ बुँदे माग अघि सार्दै सदरमुकाम मलंगवाको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो ।
  • प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि विरोध सभा गरी प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

 

१२ साउन, सर्लाही । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै पीडित लेनदेन संघर्ष समिति सर्लाहीले हिजो सोमबार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
समितिले विभिन्न ६ बुँदे माग अघि सार्दै सदरमुकाम मलंगवाको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो । प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि विरोध सभा गरी प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय देऊ’, ‘कानुनी राज्य बहाल गर’, ‘सम्मानित अदालतको फैसला कार्यान्वयन गर’ लगायतका नारासहित प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए । समितिले सार्वजनिक गरेको ब्यानरमा ९ बुँदे सहमति खारेज, एकतर्फी सहमति र मन्त्रिपरिषद्को निर्णय रद्द, कानुनी राज्यको प्रत्याभूति, त्रिपक्षीय वार्ता आह्वान तथा अदालतका फैसला कार्यान्वयन गर्नुपर्ने माग समेटिएका छन् ।


समितिका अध्यक्ष रामप्रसाद राय यादवले सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सहमति कानुनविपरीत रहेको दाबी गरे । उनले कानुनी प्रक्रिया पूरा गरी गरिएको लेनदेनलाई समेत मिटरब्याजको नाममा एउटै दृष्टिकोणबाट हेरिन थालेको भन्दै त्यसले वास्तविक लगानीकर्ता र ऋणदातामाथि अन्याय भएको बताए ।

“कानुनअनुसार भएका सबै लेनदेनलाई मिटरब्याजको रूपमा चित्रित गरेर राज्यले गलत सन्देश दिन खोजेको छ,” उनले भने, “यसले वैधानिक कारोबार गर्ने व्यक्तिहरूलाई समेत दोषी देखाउने अवस्था सिर्जना गरेको छ ।”
समितिले सरकारले एक पक्षसँग मात्र सहमति गरेर समस्या समाधानको प्रयास गरेको आरोप लगाएको छ । लेनदेनसम्बन्धी विवादमा ऋणी, ऋणदाता र सरकारबीच त्रिपक्षीय संवाद आवश्यक रहेको समितिको भनाइ छ ।
प्रदर्शनकारीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

गत साउन १ गते सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको थियो । त्यसअघि असार २५ गते धनुषाको जनकपुरस्थित त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र आन्दोलनरत पक्षका प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने सहमति भएको थियो ।
सरकारले उक्त सहमतिलाई मिटरब्याज पीडितको समस्या समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरे पनि त्यसको विरोध गर्दै आएको पीडित लेनदेन संघर्ष समितिले सहमति खारेजको मागसहित आन्दोलन थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
एसईईको नतिजा आज सार्वजनिक हुँदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति