सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
२६१ पटक हेरिएको
Shares
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

सारांश

  • सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।
  •  दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।
  • प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो ।

११ साउन, विराटनगर ।

सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ । सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । जसका कारण सवारी आवागमन रोकिएको छ । झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र सभा-जुलुस नगर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै