आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
७२ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
  • देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ ।

११ साउन, काठमाडौं ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ ।  मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो