हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र 

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२२७ पटक हेरिएको
Shares
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र 

सारांश

  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।
  • प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ ।
  •   घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ ।  घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् । घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा परिचालित छन् । हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् । प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ । घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु