डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१८१ पटक हेरिएको
Shares
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

सारांश

  • सत्याग्रहमा बसिरहेका प्रा.
  • डा.
  • गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन्।

९ साउन, काठमाडौं ।

सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन्।  शनिबार मन्त्री मेहताले डा. केसीको अस्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गरेकी छन्। उनले डा. केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन्।

पाँचबुँदे माग राख्दै डा. केसी बिहीबारदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ।  त्यस्तै, मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्। डा. केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकको सुझाव रहेको छ। त्यसैले आवश्यक परेमा थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको जनाएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।  यसैबीच डा. केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
बालेनले कटाए १३ हजार भन्दा बढी मत
बालेनले कटाए १३ हजार भन्दा बढी मत
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै