सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१३४ पटक हेरिएको
Shares
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

सारांश

  • नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ ।
  • भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।
  • बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ ।

 

काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ बनाउन थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु नबिल बैंकका लागि गौरवको विषय भएको बताए ।

उनले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए । भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था आइसीसीले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई वार्षिक रूपमा सम्मान गर्दै आएको छ ।

यसअघि पनि नबिल बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो । सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा बैंकलाई ती अवार्ड प्रदान गरिएको थियो ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिल बैंकले हाल देशभर फैलिएका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा दिगो वित्तीय सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बालेन साह प्रभावहीन हुने ओलीको दाबी
बालेन साह प्रभावहीन हुने ओलीको दाबी
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस