बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

सारांश

  • बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
  • नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो ।

८ साउन, काठमाडौं ।

बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो । नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो ।

यसैगरी तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ । प्रतिवादी बनाइएका ८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।  उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले अनलाइनखबरलाई बताए । उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । गत चैतमा मात्रै यो प्रतिवेदन कार्यान्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । त्यसपछि सीआईबीले यसको अनुसन्धान अघि बढाएर मुद्दा चलाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
धनुषामा आगो लाग्दा लाखौंको क्षति
धनुषामा आगो लाग्दा लाखौंको क्षति