पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
५२२ पटक हेरिएको
Shares
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित

सारांश

  • नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियोचर्चो दैनिकका प्रधान सम्पादक कृष्ण थपलिया (समर्पण) लालबन्दी नगर वाङ्मय परिषद्को ‘स्थानीय प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन्।
  • लालबन्दी नगर वाङ्मय परिषद्ले आयोजना गरेको पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा थपलियालाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्का कोषाध्यक्ष तथा भानु प्रतिष्ठान नेपाल मधेश प्रदेश संयोजक विवस पौडेलले जानकारी दिए।
  • परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार झण्डै अढाइ दशकदेखि साहित्य लेखन र पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप थपलियालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

 

३ साउन, सर्लाही ।

नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियोचर्चो दैनिकका प्रधान सम्पादक कृष्ण थपलिया (समर्पण) लालबन्दी नगर वाङ्मय परिषद्को ‘स्थानीय प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन्। लालबन्दी नगर वाङ्मय परिषद्ले आयोजना गरेको पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा थपलियालाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्का कोषाध्यक्ष तथा भानु प्रतिष्ठान नेपाल मधेश प्रदेश संयोजक विवस पौडेलले जानकारी दिए। परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार झण्डै अढाइ दशकदेखि साहित्य लेखन र पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप थपलियालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

समारोहमा भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका अन्य दुई व्यक्तित्व पनि पुरस्कृत भएका छन्। कृष्णलाल अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार दिनेश अधिकारी सम्मानित भए। उनलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ। यस्तै, लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारबाट लेखक तथा कृतिकार रमेश क्षितिज सम्मानित भएका छन्। भाषा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रमकै अवसरमा लेखक देवराज पौडेलद्वारा लिखित ‘मेरो पाठशाला’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तकबारे धारणा राख्ने वक्ताहरूले यसले शिक्षा र साहित्य क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। समारोहमा वरिष्ठ छन्दकवि कुमार कुसुमले आफ्नो चर्चित कविता ‘हराएको देश’ वाचन गरेका थिए। उनको कविताले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको ध्यान आकर्षित गरेको थियो। भाषा, साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष यस्ता सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी बुलेटिन: २२ जिल्लामा जोखिम
बाढी बुलेटिन: २२ जिल्लामा जोखिम
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने