पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
सारांश
- नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियोचर्चो दैनिकका प्रधान सम्पादक कृष्ण थपलिया (समर्पण) लालबन्दी नगर वाङ्मय परिषद्को ‘स्थानीय प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन्।
- लालबन्दी नगर वाङ्मय परिषद्ले आयोजना गरेको पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा थपलियालाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्का कोषाध्यक्ष तथा भानु प्रतिष्ठान नेपाल मधेश प्रदेश संयोजक विवस पौडेलले जानकारी दिए।
- परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार झण्डै अढाइ दशकदेखि साहित्य लेखन र पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदरस्वरूप थपलियालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
३ साउन, सर्लाही ।
नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियोचर्चो दैनिकका प्रधान सम्पादक कृष्ण थपलिया (समर्पण) लालबन्दी नगर वाङ्मय परिषद्को ‘स्थानीय प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन्। लालबन्दी नगर वाङ्मय परिषद्ले आयोजना गरेको पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा थपलियालाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्का कोषाध्यक्ष तथा भानु प्रतिष्ठान नेपाल मधेश प्रदेश संयोजक विवस पौडेलले जानकारी दिए। परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार झण्डै अढाइ दशकदेखि साहित्य लेखन र पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदरस्वरूप थपलियालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

समारोहमा भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अन्य दुई व्यक्तित्व पनि पुरस्कृत भएका छन्। कृष्णलाल अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार दिनेश अधिकारी सम्मानित भए। उनलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ। यस्तै, लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारबाट लेखक तथा कृतिकार रमेश क्षितिज सम्मानित भएका छन्। भाषा र साहित्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रमकै अवसरमा लेखक देवराज पौडेलद्वारा लिखित ‘मेरो पाठशाला’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तकबारे धारणा राख्ने वक्ताहरूले यसले शिक्षा र साहित्य क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। समारोहमा वरिष्ठ छन्दकवि कुमार कुसुमले आफ्नो चर्चित कविता ‘हराएको देश’ वाचन गरेका थिए। उनको कविताले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको ध्यान आकर्षित गरेको थियो। भाषा, साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष यस्ता सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।


प्रतिक्रिया