वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
१६३ पटक हेरिएको
Shares
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।
  • कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।
  • कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

२ साउन, काठमाडौँ ।

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट रु पाँच खर्ब ८८ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । विभागको कुल वार्षिक लक्ष्यमा वीरगन्ज कार्यालयको योगदान ४१ दशमलव ४५ प्रतिशत रहेको छ ।

कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो । साथै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब चार करोड राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी ?
राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी ?
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव