मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
९५ पटक हेरिएको
Shares
मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने

सारांश

  • मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ ।
  • अन्य प्रदेशमा कांग्रेस-एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको असर तत्काल मधेश प्रदेशमा भने नपर्ने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले दाबी गरेका छन् ।
  •  मधेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार छ।

३२ असार, जनकपुरधाम ।

मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । अन्य प्रदेशमा कांग्रेस-एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको असर तत्काल मधेश प्रदेशमा भने नपर्ने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले दाबी गरेका छन् । मधेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार छ। कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको सरकार छ । कांग्रेसको निर्देशनले अन्य प्रदेशहरूमा हलचल भए पनि मधेश प्रदेशमा भने तिनै दलका नेता बसेर सरकारलाई निरन्तरता दिने छलफल गरेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्री समेत रहेका युवराज भट्टराईबीच छलफल भएको छ । गत १२ जेठमा सरकार विस्तार गर्नुअघि तीन दलबीच चुनावसम्मै निरन्तरता दिने लगायतको १५ बुँदे सहमति भएको थियो । नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले प्रदेशगत तहमा तीन दल बीचमा कुनै समस्या नभएकाले सरकार नछाड्ने र समर्थन कायम राख्ने बताए ।  ‘प्रदेशगत तहमा तीन दलको बीचमा कुनै समस्या छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा केन्द्रमा जेजे हुन्छ, त्यो प्रदेशमा गरौं भन्ने मान्यता हाम्रो छैन,’ उनले भने, ‘विगतमा पनि केन्द्रमा एउटा सरकार र प्रदेशमा अर्को सरकारको अभ्यास हामी गरिसकेका छौं ।

त्यस कारण यो तीनदलको गठबन्धन निश्चित गरेका छौं चुनावसम्म जाने ।’ तीन दलको बैठकमा भर्खरै यो सरकारको बजेट सर्वसहमतिबाट पारित भएको बताउँदै ठिक ढंगले यो सरकारलाई निरन्तरता दिने छलफल भएको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए । ‘मधेश प्रदेश सरकार विशिष्ट कन्डिसनमा र अरू प्रदेश भन्दा फरक ढंगको संरचना भनौ गठबन्धनबाट यो सरकार बनेको हो । त्यस कारण यो सरकारलाई अरू प्रदेशको हावाले छुँदैन,’ अर्थमन्त्री समेत रहेका भट्टराईले भने ।  मधेशमा गत १९ मंसिरमा कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन
भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ