मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

सारांश

  • मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ ।
  •  बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।
  •  मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।

३१ असार, जनकपुरधाम ।

मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।

प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएका थिए । गत २८ असारमा मधेश प्रदेश सभाले बजेट विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन सभामा पेश गरेको थियो । उक्त बुँदा समेत बजेटको अंग बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?