वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?

सारांश

  • देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
  • सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
  • कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ।

२८ असर, काठमाडौँ ।

देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ हाल वैकल्पिक बाटो चलिरहेको छ। बागमती प्रदेशमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि नै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वी.पि. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ। लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्‍याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित  सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।

गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग भने असार २८ गते पहिरो गए पनि हाल एकतर्फी रूपमा सुचारु रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...