२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २, २०८१
|
|
३९ पटक हेरिएको
Shares
२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा

सारांश

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।
  • आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।
  • रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।

२ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।

आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ ।

तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन् । वैशाख १९ गतेदेखि तालिम कार्यक्रम सुरु हुने बालेनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी