आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २४, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

सारांश

  • संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिको बैठक बुधबार बस्ने भएको छ।
  • आज कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
  •   आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।

काठमाडौं ।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिको बैठक बुधबार बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।  आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।

बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा संवर्धनमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका विषयमा आयोगसँग छलफल गरिने छ। साथै बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी पूर्वाधार विकास समितिको बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको छ ।  बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ः३० बजे बस्दैछ । समितिको बैठक कक्षमा बस्ने बैठकमा मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ ।  बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा
वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते