सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
३०८ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा

सारांश

  • साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन् ।
  • बजार परिसूचक नेप्से २६.
  • २९ अंक (०.

२२ असार, काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) घटेको छ । गत साताको अन्तिम दिन शुक्रबार बजार ८.३० अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६२७ अंकमा कायम भएको छ । आज दिनभरजसो बजार रातो अंकमा रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । दुई कम्पनी मात्रै रहेको यो समूहमा पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी विशाल बजारको मूल्य ३.५० प्रतिशत घट्दा समग्र समूह प्रभावित भयो । बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटे । ३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्स छन् । यी तीन हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११.५५, बाराही हाइड्रोपावरको ४.०२ प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत घट्यो । अघिल्लो दिन १५ प्रतिशत मूल्य बढेको नेपाल फाइनान्स आज ११.६४ प्रतिशत घट्यो । खानीखोला हाइड्रोपावरको ९.७२ तथा उपकार लघुवित्तको ६.४५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल तथा शिवम् सिमेन्ट छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवलाई केन्द्रीय मान्यता
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
साढे दुई लाख नाघ्यो सुनको मूल्य
साढे दुई लाख नाघ्यो सुनको मूल्य
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर