पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
सारांश
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
- बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटेको हो ।
- पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको छ ।
१७ असार, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटेको हो । पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गएरातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपियाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ ।


प्रतिक्रिया