गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा

सारांश

  • ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो ।
  • ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

१५ असार, काठमाडौं ।

ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो । ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन् । अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ । निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको प्रहरीको भनाइ छ । कतिसम्म भने सुन ओसारपसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाका सवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ । सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
सिराहामा करेन्ट लागेर एक जनाको मृ*त्यु
सिराहामा करेन्ट लागेर एक जनाको मृ*त्यु
आज हरितालिका तीज पर्व मनाइँदै
आज हरितालिका तीज पर्व मनाइँदै
६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण
६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा