भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
२२० पटक हेरिएको
Shares
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का

सारांश

  • दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ ।
  • केही सेकेन्डको अन्तरमा ७.
  • २ र ७.

११ असार, काठमाडौं ।

दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० सेकेन्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो । यी दुवै भूकम्प राजधानी काराकासको पश्चिम क्षेत्रमा केन्द्रित थिए । भूकम्प लगत्तै हजारौं मानिस घर र कार्यालयबाट बाहिर निस्केर सडकमा जम्मा भएका थिए । भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही भवन तथा घरहरू भत्किएको पुष्टि गर्दै नागरिकलाई सावधानी अपनाउन र घरबाहिर बस्न आग्रह गरेका छन् ।

प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको बताइएको छ, यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक क्षतिको विवरण सार्वजनिक नभएको बीबीसीले जनाएको छ । भूकम्प स्थानीय समयअनुसार साँझ ६:४ बजे गएको थियो । त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्प आएको थियो । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
अवैध लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित तीन जना पक्राउ
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
कतारका अमिर थानी काठमाडौँ आइपुगे
कतारका अमिर थानी काठमाडौँ आइपुगे
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ