राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता

सारांश

  •   शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
  • आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
  •   यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा महाविधेशन मूल आयोजक समिति पनि गठन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने भएको छ।  शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।  यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा महाविधेशन मूल आयोजक समिति पनि गठन गरिएको छ। मूल आयोजक समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्य, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्य, विभिन्न केन्द्रीय विभागका प्रमुख, प्रदेश अध्यक्ष, सबै जिल्ला अध्यक्ष, प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, सबै भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्।

महाधिवेशनअघि राप्रपाले मातहतका निकायको अधिवेशनको मिति पनि तय गरेको छ। आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। त्यस्तै, आगामी असोज १५ देखि २४ गतेसम्म सात वटै प्रदेशको प्रदेश अधिवेशन तोकिएको छ। सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भदौ मसान्तसम्म अभियानको रुपमा सन्चालन गर्ने, भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरूलाई मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उमेदवार हुन पाउने पनि राप्रपाले निर्णय गरेको छ।  त्यस्तै, आगामी कात्तिक ११ देखि ३० गतेसम्म सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिले पार्टीको विधान बमोजिम सक्रिय सदस्यमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्ने तय गरेको छ। प्रदेश सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राप्रपा केन्द्रीय कार्यसमितिले गरेका निर्णय:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन
उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प