मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
२९१ पटक हेरिएको
Shares
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन

सारांश

  • मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजश्व संकलन गरेको छ ।
  • प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व संकलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।
  • प्रदेश सरकारको आन्तरिक राजश्व संकलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन कर मानिन्छ ।

६ असार, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजश्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व संकलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजश्व संकलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिष्ट्रेशनबाट एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट दुई अर्ब एक करोड ५० लाख ५० हजार राजश्व संकलन भएको मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए ।

उनका अनुसार चालु आव २०८२/८३ मा सवारी चालक अनुमतिपत्र वितरण तथ सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु ११ करोड १० लाख ५९ हजार, दहत्तर बहत्तरको बिक्रीबाट१० करोड नौ लाख ३५ हजार राजस्व संकलन भएको छ । यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७५ करोड ६४ लाख ९९ हजार, अन्त:शुल्क करबापत दुई अर्ब ७७ करोड ४१ लाख प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ११ महिनाको अवधिमा सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको सूचना अधिकारी झाले बताए । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?