कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
१५५ पटक हेरिएको
Shares
कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
  • बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
  • परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ ।

६ असार, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।

अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ । बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ साउन) परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ । ‘उक्त अवधिभित्र रकम दाखिला गर्न छुट भएका परीक्षार्थीहरूका लागि २६ असारभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्यार्थी एक हजार छ सय बुझाई सम्बन्धित विद्यालयमार्फत २८ असार २८ कार्यालय समयभित्र रकम दाखिला गरेको भौचर वा अनलाइन भुक्तानी गरेको प्रमाणसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाइसक्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने
हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण