फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
१५१ पटक हेरिएको
Shares
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

सारांश

  • कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ।
  • मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए।
  • यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए।

काठमाडौं ।

कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए। यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए।

खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले लुइस डियाजको पासमा वान–टच फिनिसिङ गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा उज्बेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै ६०औँ मिनेटमा बराबरी गोल ग¥यो। अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।  बराबरीको खेलको केही समयमा नै लुइस डियाजले निर्णायक गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे। यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा ३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै
मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै
एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा
एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिबाना
काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिबाना
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि

तपाईंले छुटाउनुभयो कि?