असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
४२१ पटक हेरिएको
Shares
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

सारांश

  • यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ ।
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।
  • आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

३ असार, काठमाडौं ।

यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् ? भनेर सोधेका थिए । काठमाडौंका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । होल्डिङ सेन्टरमा व्यवस्थापन समेत राम्रो नभएको भनेर प्रश्न उठिरहेको छ । यदि व्यवस्थापन गर्न नसक्ने भए पहिले बसेकै ठाउँमा व्यवस्थापन गर्न सकिने पनि साम्पाङको आग्रह थियो । जवाफमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने जानकारी दिएकी हुन् । ‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’ विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै