ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
२६५ पटक हेरिएको
Shares
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु

सारांश

  • सर्लाहीको बागमती नगरपालिकामा ईभी हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
  • जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकमा आइतबार बिहान करिब ६:१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • प्रहरीका अनुसार बिग्रिएर सडकमा रोकिएको बा.

३१ जेठ, सर्लाही ।

सर्लाहीको बागमती नगरपालिकामा ईभी हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्। जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकमा आइतबार बिहान करिब ६:१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार बिग्रिएर सडकमा रोकिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाइसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनमार्फत बरहथवातर्फ तानेर लैजाँदै गर्दा दुर्घटना भएको हो। सो क्रममा पैदल हिँडिरहेका बागमती–९ की जयकुमारी देवी र बागमती–१० की ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाइसले ठक्कर दिएको थियो। दुर्घटनामा घाइते दुवै महिलालाई उपचारका लागि वीरगन्जतर्फ पठाइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी जयकुमारी देवीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइते पुनमदेवी यादवको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। साथै ईभी हाइस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर