Press 4K
बुधबार, १३ श्रावण २०८३

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
७६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।
  • उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’

उनका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ । उनले नेपाली पक्षबाट जारी गरिएका प्रेस विज्ञप्तिमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको दाबी गरिन् । सांसद ओलीले दिल्ली भ्रमणपछि काठमाडौं फर्किएर जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै कुरा समावेश नभएको उल्लेख गरिन् । साथै, पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन मन्त्री बाध्य भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौं फर्किएपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पत्रकारले पछि सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनुभएन। खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगी पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभयो ।’ उनले संसदमा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी केवल नियमित सीमा व्यवस्थापन, जस्तै जंगी पिल्लरको व्यवस्थापन र बैठकजस्ता विषय मात्र उठाएको टिप्पणी गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
बागलुङमा  भाडाकै घरमा पाँच पालिका सञ्चालन
बागलुङमा भाडाकै घरमा पाँच पालिका सञ्चालन
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
जेन-जी आन्दोलनको विध्वंस : कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले
जेन-जी आन्दोलनको विध्वंस : कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...