भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
९८४ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।
  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
  • सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो ।

२१ जेठ, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए । प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए । भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ । त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए । पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए । सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए । भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन् । प्रधानमन्त्री बालेन एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने भनी उनकै पार्टीका पदाधिकारीहरूले स्पष्ट गरेपछि हाल उनको भारत भ्रमण नहुने देखिएको छ । यस अवस्थामा प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कि नआउने त्यो पनि सोचनीय विषय रहेको जानकारहरू बताउँछन् ।

नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो विदेश भ्रमण भारतको हुने परम्परा जस्तै थियो । तर बिचमा केही प्रधानमन्त्रीहरूले त्यो परम्परालाई तोडेका थिए ।  भारतका प्रधानमन्त्री मोदीले हालसम्म नेपालको चार पटक भ्रमण गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा सन् २०१४ मा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले सांसदलाई पनि सम्बोधन गरेका थिए ।  त्यसपछि उनी सन् २०१४ मै सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए । त्यसबेला पनि उनी उच्च स्तरीय भेटघाट गरेका थिए । त्यसपछि सन् २०१८ मा जनकपुरको भ्रमणमा नेपाल आएका थिए ।  चौथो भ्रमण उनले सन् २०२२ मा लुम्बिनीको एक दिन भ्रमणका लागि आएका थिए । त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
आजदेखि नववर्ष २०८२ प्रारम्भ 
आजदेखि नववर्ष २०८२ प्रारम्भ 
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै
असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध