नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित

सारांश

  •   बिहीबार भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो।
  •  राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो।
  • इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो।

नेपाली राष्ट्रिय महिला भलिबल टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।  बिहीबार भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो। राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो।

पहिलो सेटको सुरुवातमा नेपालले ईरानमाथि केही दबाब बनाएको थियो। तर दोस्रो सेटमा केही कमजोर देखिएको नेपाली टोली तेस्रो सेटमा इरानसामु निरिह बन्यो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि उपाधिका लागि समूह चरणकै टोली फेरि एकआपसमा भिड्ने भएका हुन्। समूह चरणमा भएको भेटमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई ३–० को सोझो सेटमा हराउँदै काजकस्तान फाइनलमा पुगेको छ। काजकस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले सहजै पाखा लगायो। समूह चरणमा इरानले काजकस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने
माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
वनका कर्मचारी प्रदेशमै समायोजन हुने