भोलि देशभरका भन्सार कार्यालय बन्द रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३३३ पटक हेरिएको
Shares
भोलि देशभरका भन्सार कार्यालय बन्द रहने

सारांश

  •   भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ शुक्रबार देशभरका सबै भन्सार कार्यालय बन्द रहने जनाएको छ।
  • विभागले जारी गरेको सर्कुलरअनुसार सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गरिने छैन।
  • बजेट भाषणसँगै कर तथा महसुल दर परिवर्तन हुन सक्ने भएकाले १४ जेठभित्र दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ।

१४ जेठकाठमाडौं । 

भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ शुक्रबार देशभरका सबै भन्सार कार्यालय बन्द रहने जनाएको छ। विभागले जारी गरेको सर्कुलरअनुसार सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गरिने छैन।

बजेट भाषणसँगै कर तथा महसुल दर परिवर्तन हुन सक्ने भएकाले १४ जेठभित्र दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ। विभागका अनुसार बाँकी प्रज्ञापनपत्रको जाँचपास भने १६ जेठदेखि आर्थिक विधेयक, २०८३ अनुसार नयाँ दररेट आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्रै गरिनेछ। साथै, परिवर्तित महसुल दरअनुसार थप वा छुट रकम असुलीपछि मात्र जाँचपास प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ
ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ
आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त
आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
९ वर्ष कारागार बसेर फर्केका अभिषेक गिरी फेरि पक्राउ
९ वर्ष कारागार बसेर फर्केका अभिषेक गिरी फेरि पक्राउ
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
बैतडीमा गोली हानेर युवकको हत्या
बैतडीमा गोली हानेर युवकको हत्या
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो