आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
११६ पटक हेरिएको
Shares
आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

सारांश

  •   आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
  •   सुनको मूल्य आज तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।
  •   सुनको भाउ हिजो एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय कायम भएको थियो।

 

१४ जेठ, काठमाडौं । 

आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।  सुनको मूल्य आज तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।  सुनको भाउ हिजो एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय कायम भएको थियो।  गएको मंगलबार सुन तोलामा १३ सय रुपैयाँ बढेको थियो।

हिजो र आज गरेर सुनको मूल्य ६५ सय रुपैयाँ घटेको हो।  आज चाँदीको भाउ पनि तोलामा २१५ रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ८० रुपैयाँ थियो।  गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?