सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
१७९ पटक हेरिएको
Shares
इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत आयोजनाको काम सुरु गराउन माग गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ ।
  • इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधि मण्डलले बुधबार मन्त्री चौधरीलाई भेट्दै राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाको काम यथाशीघ्र सुरु हुने वातावरण निर्माण गर्न आग्रह गरेको हो ।
  • मन्त्री चौधरीलाई मानपत्र बुझाउँदै अध्यक्ष कार्कीले निकुञ्जभित्र धेरै आयोजनाहरू निर्माणको सम्भावना रहेको बताउँदै निकुञ्ज क्षेत्रका आयोजनाहरूको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति भएपछि निकुञ्जबाट आयोजना निर्माणमा रोक लगाउनुले निजी क्षेत्र निरुत्साहित भएको बताउँदै यसमा सहजीकरण गर्न आग्रह गरेका थिए ।

 

काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत आयोजनाको काम सुरु गराउन माग गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ । इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधि मण्डलले बुधबार मन्त्री चौधरीलाई भेट्दै राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाको काम यथाशीघ्र सुरु हुने वातावरण निर्माण गर्न आग्रह गरेको हो । मन्त्री चौधरीलाई मानपत्र बुझाउँदै अध्यक्ष कार्कीले निकुञ्जभित्र धेरै आयोजनाहरू निर्माणको सम्भावना रहेको बताउँदै निकुञ्ज क्षेत्रका आयोजनाहरूको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति भएपछि निकुञ्जबाट आयोजना निर्माणमा रोक लगाउनुले निजी क्षेत्र निरुत्साहित भएको बताउँदै यसमा सहजीकरण गर्न आग्रह गरेका थिए ।

‘ऊर्जा मन्त्रालयले करोडौँ रुपैयाँ राजस्व लिएर आयोजना विकास गर्न अनुमति दिँदै जाने, अर्कोतर्फ वन मन्त्रालयको एउटा निकायले वातावरण प्रभाव मूल्यांकन पारित गर्ने अनि अर्को निकायले फेरि आयोजना अघि बढाउन अनुमति नदिई आयोजना निर्माण रोक्नु गलत छ, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी मन्त्रालयबाट सहजीकरण हुन जरुरी छ,’ उनले भने । उनले भने, ‘सकेसम्म ४र५ वर्षसम्म रुख कटान र जग्गा भोगाधिकारको अनुमति दिँदै नदिने, अन्य निकायबाट अनुमति लिएर काम गर्दा पनि आयोजनाको कामै रोकिदिनु हुँदैन । सरकारले १० वर्षमा ३० हजार मेगावाट उत्पादन पु¥याउने लक्ष्य अघि सारिरहेको बेला यस्ता गतिविधि बढ्दा उक्त लक्ष्य पुरा हुन सक्दैन ।’

उनले सरकारले सनसेट ल ल्याउने तयारी गरिरहेको बेला आयोजनालाई सहजीकरण गर्न मन्त्रालयले पहल गर्नुपर्ने पनि बताए । इप्पान प्रतिनिधि मण्डलसँगको कुराकानीमा मन्त्री चौधरीले जलविद्युत आयोजनाको काम सुरु गराउन मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण हुने बताइन । उनले केही समयभित्रै विकास आयोजनाहरूमा देखिएको समस्या समाधान गर्ने गरी नीतिगत सुधार गर्न लागेको जानकारी दिइन । पछिल्ला समयमा सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट निर्माणाधीन ३६.५ मेगावाटको ब्रह्मायणी जलविद्युत आयोजना, २०.५२ मेगावाटको माथिल्लो ब्रह्मायणी जलविद्युत आयोजना, ९.७ मेगावाटको ब्रह्मायणी ए जलविद्युत आयोजना, ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना र ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजना गरी १५३ मेगावाट जडित क्षमताका पाँच जलविद्युत आयोजनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले पत्र लेख्दै काम रोक्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
सर्लाही लगायत देशका विभिन्न ठाउँमा भुकम्प धक्का
सर्लाही लगायत देशका विभिन्न ठाउँमा भुकम्प धक्का