भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण
सारांश
- भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् ।
- पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।
- यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् ।
७ जेठ, काठमाडौं ।
भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् । पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।

यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया