बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
४८८ पटक हेरिएको
Shares
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।
  • ‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु ।

३ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।

‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’ कांग्रेसमा धेरै व्यक्ति लामो लडाइँ लडेर आएको बताउँदै उनले त्यो लडाइँ देश र लोकतन्त्रका लागि रहेको बताए । ‘यहाँ धेरै लडाइँ लडेर, यति धेरै मानिसको जीवन र जवानी गएको छ यसभित्र, हामीहरूको त केही पनि होइन, हामी एउटा कारण कि लोकतन्त्र, त्यहाँभित्र नागरिकको स्वतन्त्रता हुन्छ, नागरिकको आत्मसम्मान हुन्छ, नागरिकको सहभागिता हुन्छ र त्यसैबाट नागरिकको जीवनमा परिवर्तन आउँछ, परिवर्तनको त्यो बाटो सम्भव छ भनेर’, उनले भने ।

देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने उनले बताए  । ‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस ? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ?,’ उनले प्रश्न गरे । यसपालि कांग्रेसले यस्तै १० लाख शुभेच्छुक र समर्थकको मत गुमाएको उनले बताए । उनले अगाडि भने,  ‘त्यो १० लाख शुभेच्छुक/समर्थकको बीचमा म पुग्न चाहन्छु । म उनलाई भरोसा दिलाउन चाहन्छु पार्टी सभापतिका रूपमा । जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु