प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
८०५ पटक हेरिएको
Shares
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु

सारांश

  • प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ ।
  • महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) सुरु भएको छ ।
  • आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ ।

३ जेठ, जनकपुर ।

प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) सुरु भएको छ । आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ ।

मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन । मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । गेरुका स्नान गर्न मधेश प्रदेशका ८ वटै जिल्लाका श्रद्धालुभक्तजनसहित सीम पार भारतबाट पनि श्रद्धालुहरु आउने गर्छन । एक महिना भरिमा लाखौं श्रद्धालुभक्तजनहरु यहाँ आएर स्नान गर्ने गर्छन । ‘यस ऐतिहासिक गेरुका नदिमा गरिने स्नान प्रति श्रद्धालुहरुको मनमा यति धेरै आस्था रहेको छ कि बिना प्रचार प्रसार नै लाखौं भक्तजन यहाँ स्नान गर्न आउछन्’, स्थानीय पिपरारीबासी हरिसचन्द्र यादवले बताए ।

उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले प्रचार प्रसार गर्ने तर्फ ध्यान दिए यस स्थानलाई भारतको कुम्भ मेला झैँ धार्मिक स्थलको रुपमा परिणत गर्न सकिन्छ । कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको छ । यस वर्षको मेला जेठ ३ गतेदेखि सुरु भई पूरा महिनाभर सञ्चालन हुनेछ । विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता हुन्छ । धार्मिक मान्यताअनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
जनकपुरमा पनि जेनजीको प्रदर्शन
जनकपुरमा पनि जेनजीको प्रदर्शन
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल